• २०७७ कार्तिक १५ गते शनिवार

बारीमा मकै लिन गएका दाजुभाईको करेन्ट लागेर मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार


घोराही  : घोराही उपमहानगरपालिका वडा नम्वर १ हर्नकका एकै घरका दुई जना बालकलाई करेन्ट लागेर ज्यान गएको छ ।
बारीको मकैलाई जंगली जनावरले खाईदिने भएकाले ती जंगली जनावरलाई लक्षित गरि थापेको करेन्टमा सोमबार बिहान ६ बजेतिर ३५ बर्षिय दिलबहादुर रावतका छोरा १४ बर्षिय बिरबल राउत र १० बर्षिय तेजबहादुर राउत परेका थिए ।

उनीहरुको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बारीको हरियो मकै खानका लागि तयार भएकाले जनैपूर्णिमाको दिन भगवानलाई चराएर खाने भनि बारीमा जादा ती दुई बालकलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर चित्कार गरेका बिरवल र तेजबहादुरको आवाज सुनेका बुवा दिलबहादुर घटना स्थलपुग्दा उनलाई समेत करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका बुवाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमित खड्काले जानकारी दिए । साथै घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार