• २०७७ कार्तिक १५ गते शनिवार

घोराहीबाट २ जना नक्कली प्रहरी पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १८ गते आइतवार


दाङ : दाङमा प्रहरीले २ जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ९ दक्षिण कर्मटुवा निबासी ३० बर्षीय सुरोज नेपाली र सल्यानको दार्मा गाउँपालिका ४ भलचौर निबासी ३० बर्षीय गोपाल मल्ल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार नेपालीले आफु जिप्रका दाङमा कार्यरत सई योगेन्द्र हमाल हुँ भनि नक्कली परिचय दिई घोराही १५ ट्राफिक चोक स्थित रहेको लुम्बीनी होटेल, मालिका भ्याली भ्यु होटेलका संचालकलाई अभद्र ब्यवहार गर्ने र मासिक रकम दिनुपर्छ भनि धम्काउँदै आएको थिए ।

त्यसैगरी मल्लले घोराही १५ ट्राफिक चोक स्थित रहेको पाहुना गेष्ट हाउसमा गई आफु जिप्रका दाङमा कार्यरत असई भएको भन्दै फ्रिममा खाने र होटल संचालकलाई दुव्र्यवहार गर्ने गरेको जाहेर आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए । उनीहरुलाई १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार