• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपालमा वितेको २४ घण्टामा थप २४६ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १८ गते आइतवार

काठमाडौं, १८ साउन :  नेपालमा वितेको २४ घण्टामा थप २४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ८६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या २० हजार ३३२ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६०३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । अब ५ हजार ३६२ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १० हजार ९३४ जना क्वरेण्टीनमा रहेका छन् । यसैवीच आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार