• २०७७ कार्तिक ६ गते बिहिवार

कोरोना संक्रमणबाट विरगञ्जमा थप एकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १७ गते शनिवार

पर्सा :  कोरोना भाइरसको संक्रमणमा परी थप एक व्यक्तिको मृत्यु भएको छ । विरगञ्जको नारायणी कोभिड अस्पतालमा विरगञ्ज १६ नगवाकी ६८ बर्षीया महिलाको मृत्यु भएको हो । शुक्रबार मात्रै संक्रमण पुष्टि भएकी महिलालाई आज (शनिबार) नारायाणी बयोधा अस्पतालबाट कोभिड अस्पताल रिफर गरिएको थियो । अस्पताल पुगे लगत्तै मृत्यु भएको कोभिड अस्पतालका ईन्चार्ज डा. निरज सिंहले जानकारी दिए । महिलाको मृत्यु संगै पर्सा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण ५७ जनाको मृत्यृ भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार