नुहाउने क्रममा दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १७ गते शनिवार

डोटी : डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता भएका छन् । डडेल्धुराबाट डोटीको शैलेश्वरी दर्शन गर्न आएका उनीहरु नुहाउने क्रममा नदीले बगाउदा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खप्तडछान्ना गाउँपालिका वडा नंम्बर ५ बझाङ घर भएका एचए विनय सिंह, परशुराम नगरपालिका डडेल्धुरा घर भएका ल्याव असिस्टेण्ट हरिप्रसाद जोशी बेपत्ता भएका छन् ।

शिखर नगरपालिका वडा नं १० गहनानस्थित सेती नदीमा नुहाउने क्रममा उनीहरुसँगै बगेका एचए खगेन्द्र कुवँरको भने स्थानीयले उद्धार गरेका छन् । बेपत्ता भएका दुबै जनाको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार