• २०७७ मङ्सिर ११ गते बिहिवार

गुल्मीमा पहिरोमा परि एकै घरका चार जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १७ गते शनिवार

फाइल फोटो

गुल्मी :  गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५, आटीपाटामा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। शुक्रबार बेलुकी ९ बजेतिर घरमाथिबाट पहिरो खस्दा एकै घरका चार जनाको मृत्यु भएको थियो। अन्दाजी ३० वर्षीया बिना माझी, उनका अन्दाजी १० वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र अन्दाजी १० महिनाकी छोरी विनीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । स्थानीय र प्रहरी रातभर उद्धारमा जुटेपनि अविरल वर्ष भइरहेकाले समस्या परेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार