• २०७७ फाल्गुन १८ गते मङ्गलवार

लगातारको वर्षाका कारण तुलसीपुर १८ ग्वार खोलामा कच्ची घर भत्कियो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १६ गते शुक्रवार

बिजौरी :  लगातारको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ग्वार खोलामा आज बिहान कच्ची घर भत्किएको छ । ६ कोठे जस्ता पाताले छाएको बिमला पौडेलको घर भत्किएको प्रहरी चौकी हेमन्तापुरका प्रमुख इन्द्र पालले जानकारी दिए । मानवीय क्षति भएको छैन भनेँ खाद्यान्न र भाडाकुडा पुरिएका छन् ।

बिमलाको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको समेत प्रमुख पालले जानकारी दिए । पीडितलाई राहतको व्यवस्थाका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार