• २०७७ फाल्गुन १५ गते शनिवार

अब बिजौरीमा शनिबार पनि बजार खोलिने

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १६ गते शुक्रवार

बिजौरी :  नजिकिदै गरका चाडपर्वहरुलाई मध्य नजर गर्दै बिजौरी बजार शनिबार समेत खोलिने भएको छ । उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न बैठकले साउन १७ गते शनिबारदेखि बजार खोल्ने निर्णय गरेको हो । यस अघि शनिबार बिजौरी बजार बन्द हुँदै आएको थियो ।

त्यसैगरी आपत् विपद्मा परेका उद्योग वाणिज्य संघका साधारण सदस्यहरुलाई राहत समेत प्रदान गरिएको छ । आगलागीबाट सम्पूर्ण सामग्री नष्ट भएको प्रभा जनरल स्टोरलाई ३ हजार ५५५ , उद्योग वाणिज्य संघका साधारण सदस्य बलबहादुर थापाको निधन भएको हुँदा उनको परिवारलाई ७ हजार, साधारण सदस्य ओमप्रकाश पार्धेको पसल चोरी भएकोमा उनलाई ३२ सय र अर्को साधारण सदस्य गोङ्गु चौधरीको पसलमा चोरी भएकाले राहत स्वरुप ३ हजार सहयोग गरिएको महासचिव विदुर गौतमले जानकारी दिए ।

संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतमा सम्पन्न बैठकले सम्पूर्ण उद्योग व्यापारीहरुलाई सुरक्षा अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिए । व्यापारीहरुलाई अनिवार्यरुपमा मास्क, पञ्जा, स्यानिटाइजर प्रयोग गर्न समेत आग्रह गरिएको छ । बिजौरी उद्योग वाणिज्य संघले आपत् विपद्मा परेका व्यवसायीहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार