• २०७७ कार्तिक १२ गते बुधवार

बंगलाचुलीमा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई ३ लाख आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १५ गते बिहिवार


दाङ : दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेमा बुधवार राति घरमाथी बाट खसेको पहिरोले पुरीएर मृत्यु भएका मृतकका परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङले राहात प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले मृतकका परिवारलाई ३ लाख रुपैँया नगद प्रदान गरेको हो ।

अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा पुरीएर एकै घरका आमा छोरीको मृत्यु भएको थियो । कार्यालयले मृतकका ससुरा देविराम परियारलाई सो नगद हस्तान्तरण गरेको हो ।

यसैगरी नेपाल रेडक्रस जिल्ला शाखा दाङले पनि पिडित परीवारलाई राहात सामग्री हस्तान्तारण गरेको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष भक्त बहादुर वली, वडा नं. ५ का अध्यक्ष ऐनुराज खत्री , जिल्ला प्रशासन कार्यालय दाङका अमरराज शर्मा ,जिल्ला विपद् ब्यवस्थापन समितीका विश्वप्रकास अर्याल, ब गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्य, संचारकर्मी लगाएतका टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार