• २०७७ फाल्गुन १८ गते मङ्गलवार

बाँकेमा मास्क नलगाई हिड्ने ८५ जना परे प्रहरी कारबाहीमा

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १५ गते बिहिवार


बाँके  :  बाँकेमा विभिन्न ठाउँमा मास्क नलगाई हिड्न ८५ जनालाई प्रहरीले कारबाही गरेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको निर्णय बमोजिम विहीवार प्रहरीले मास्क प्रयोग नगरि हिड्ने १५ जना महिला, ७० जना पुरुषलाई नियन्त्रणमा लिई सङ्क्रमक रोग ऐन २०२० बमोजिम प्रतिब्यक्ति एक सय जरीवाना गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त जरीवाना संकलन भएको ८ हजार ५ सय रकम जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार