• २०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुरका विभिन्न क्वारेन्टाइनबाट ११२ जना घर गए

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १५ गते बिहिवार


तुलसीपुर :  तुलसीपुर उपमहानरका विभिन्न क्वारेन्टाइनमा बसेका ११२ जना ब्यक्तिहरुलाई विहीवार डिस्चार्ज गरिएको छ । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने र शाखा अधिकृत भिमप्रकाश खत्रीले उनीहरुलाई विदाई गरेका थिए । डिस्चार्ज हुनेहरुमा अमर मावि कालाखोलाबाट २३, मावि सेन्टरबाट ५९, जनता संस्कृत मावि बिजौरीबाट १३, पेइङ्ग क्वारेन्टाइनबाट १७ जना रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

उनीहरुको स्वाब परिक्षणको लागी साउन ९ गते नेपालगन्ज पठाईएको थियो, । साथै सबैको रिर्पाेर्ट नेगेटिभ आएपछि उनीहरुलाई १ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी घरमा पठाइएको उनले बताए । अब मावि सेन्टरमा ८ जना , मावि कालाखोला ५ जना, विजौरीमा १ जना र राप्ती लाईफ केयर क्वारेन्टाइनमा ३ गरि १७ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् ।

त्यसैगरी आज नै कोरोना विशेष अस्पताल बेलझण्डीबाट ३ जना डिस्चार्ज भएका फोकल पर्सन केसीले बताए । त्यसैगरी उपमहानरले विदेश तथा भारतबाट आउनेको अवस्था हेरी क्वारेन्टाइनलाई घटाउने तयारी गरेको समेत उनले बताए । साथै उपमहानरले समुदाय स्तरको कोरोना परिक्षण गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार