• २०७७ मङ्सिर ९ गते मङ्गलवार

ब्राउनसुगर सहित बाँकेमा २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १५ गते बिहिवार


बाँके : बाँकेमा प्रहरीले लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका ३ बैरहवाका २२ वर्षीय आशिष थारु र सोही ठाउँका २१ वर्षीय राहुल गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बुधवार राती सवा ९ बजेतिर ईलाका प्रहरी कार्यालय कोहलपुर र ईप्रका बनकटुवाबाट खटिएको प्रहरीले टोलीले १ ग्राम ६६५ मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । पैदल हिडिरहेका थारु र गुप्तामा शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार