• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा विहिवार थप २ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १५ गते बिहिवार

दाङ :  दाङमा विहिवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज बाँकेमा गरिएको कोरोना परिक्षणका क्रममा दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार राप्ती गाउँपालिका २ का २३ बर्षीय पुरुष र गढवा गाउँपालिका ४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी जिल्लामा हाल सम्म ६५१ जनामा कोेरोना पुष्टि भएको छ । ति मध्य ६ सय १८ जना निको भएर घर फर्किएको प्रदेश सुचना मामिला समन्वयकर्ता दाङका अरविन्द्र केसीले जानकारी दिए । उनका अनुसार अहिले ३२ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । ति मध्य कोरोना विशेष अस्पताल बेलझुण्डीमा १३ जना , राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको आइसोलेसनमा १८ जना र १ जनाको बुटवलमा उपचार भइरहेको छ । एक जना बेवारिस अवस्थामा भेटिएका महिलाको मृत्यु भएको थियो ।

जिल्लामा बिहीवार सम्म ८ पालिकाका ११ स्थानमा क्वारेन्टाइन संचालन भएको र २३९ जना ब्यक्तिहरु बसिरहेको समेत उनले बताए । तुलसीपुर, दंगीशरण, शान्तिनगर, बबई, राजपुर, लमही, राप्ती र गढवामा गरी ११ वटा क्वारेन्टाइन संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार