जबरजस्ती करणी उद्योगमा एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १४ गते बुधवार

तुलसीपुर :  ईलाका प्रहरी कार्यालय तुलसीपुरले जबरजस्ती करणी उद्योगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेका तुलसीपुर ३ खमारी निबासी २७ बर्षका होम राज वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

वलीले मंगलवार दिउँसो साढे १ बजेतिर तुलसीपुर ३ खमारी स्थित प्रिन्स कटेज भित्र कोठा सफा गरिहेको अवस्थामा वलीले २१ बर्षीय युवतिलाई जवरजस्ती करणी उद्यागे गरेको आरोपमा पक्राउ गरिएको ईप्रका तुलसीपुरका प्रबक्ता चक्र डमारपालले जानकारी दिए । त्यसैगरी घटनाको बारेमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार