• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेकपाले नेपाली जनतालाई झुक्यायो : गिरी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १४ गते बुधवार


तुलसीपुर  :  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व सिंचाई मन्त्री दिपक गिरीले नेकपा भित्रको शक्ति सर्घषलाई नौटंकिको संज्ञा दिएका छन् । रिपोटर्स क्लव नेपाल दाङले बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा असार १३ गतेदेखिको नेकपाका २ अध्यक्ष बिचको बिबादलाई नेपाली जनताले राम्रो सग बुझ्दै गईरहेको बताए । कहिले भैसेपाटी, कहिले खुमलटार, कहिले बालुवाटार बार्ता भैइ रहेका छन ।

सर्वहारा बर्गको कुरा गर्ने नेकपाका नेताहरु सुन काण्ड, बालुवाटार जग्गा काण्ड , ओमनि भ्रष्टाचार, कोरोनो भाईरसले विश्व भर त्रास फैलाईरहदा त्यसको स्वास्थ सुरक्षा सामाग्री खरिदमा समेत भ्रष्टाचार भएको नेपाली जगत जानकार भएको बताए । संघीयता ,लोकतन्त्र, शान्ती र बिकाश दिने भन्दै नेकपाले जनतालाई झुक्याएको नेता गिरीले बताए ।

त्यसैगरी आफु नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कुन पदमा मनोनयन दिने भने बारेमा अहिले बोली नहाल्ने बताए । ‘साउन महिनाभर प्रदेश ५ का जिल्लाका नेता कार्यकर्ताहरुसगको भेटघाट गर्छु,’ उनले भने,‘ सह महामन्त्रीमा मनोनयन दर्ता गर्ने अबस्था पनि आउन सक्छ । केन्द्रिय सदस्यमा मनोनयन दर्ता गर्नु पर्ने पनि हुन सक्छ । तर मेरो उम्मेदवारीको घोषणा तिहार पछि नै हुन्छ । ’ त्यसैगरी नेपाली कांग्रेसले संसदमा प्रतिपक्षको भुमिका प्रभाकारी हुन नसकेको भन्ने गुनासोको उनले प्रतिक्षा गरे ।

उनले कांग्रेस शान्तिपुर्ण शैलीमा संसदमा प्रतिपक्षको भुमिका निर्बाह गरेको बताउँदै तोडफोड,आगजनी,त्रास नगर्ने समेत बताए । सोही अवसरमा प्रदेश ५ का नवनिर्बाचित प्रदेश सभासदस्य शंकर गिरीले कोरोना कहरले मुलुक थिलोथोलो भएका बखत नेकपा भित्रको खिचातानीले नागरिकहरुले प्रभावकारी सेवा पाउन नसकेको बताए ।

जति बेला कोरोना, बाढी, पहिरो, डुवान लगायतका बिपतले मुलुक संकट्मा परेको छ दुई तिहाई बहुमत प्राप्त नेकपा भित्र शक्ति संघर्षले चरम उत्कर्षमा पुगेको बताए । कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य भएका बलदेव शर्मा पोख्रेलको निधन भए पछि सो पदमा गिरी प्रदेश सभा सदस्यमा कांग्रेस पार्टीको सिफारिसमा चयन भएका हुन् । प्रदेश सभासदस्य गिरीलाई रिपोर्टस क्लब दाङले सम्मान गरेको थियो । क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब बिमल गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार