• २०७७ कार्तिक १२ गते बुधवार

दाङमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १३ गते मङ्गलवार


दाङ : दाङमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदाँ  एक जनाको मृत्यु भएको छ, भने २ जना घाईते भएका छन् । मंलगवार बेलुका करिब सवा ६ बजेतिर दाङको राप्ती गाउँपालिका ५ पहरुवा स्थित पूर्व पश्चिम राजमार्गमा रा १ प ४७६५ नम्बरको मोटरसाइकल र रा ३ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ  १ जनाको मृत्यु भएको छ, भने २ जना घाईते भएका छन् ।

घाईते मध्य रा १ प ४७६५ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका .२ निवासी करिब २३ बर्षीय महेश मगर उपचारको क्रममा करिब पौने ८ बजे मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा परि रा १ प ४७६५ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका २ का करिब २० बर्षीय सागर चौधरी र अर्का मोटरसाइकल चालक राप्ती गाउँपालिका ६ का करिब ३२ बर्षीय विनोद चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागी लमही अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार