• २०७७ कार्तिक ११ गते मङ्गलवार

आस्थाका आधारमा शैक्षिक संस्थालाई विवादित क्षेत्र गराउनु हुँदैन : काँग्रेस नेता गिरी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १३ गते मङ्गलवार


दाङ, १३ साउन  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले राजनीतिक आस्थाका आधारमा शैक्षिक क्षेत्रलाई विवादित क्षेत्र गराउन नहुने बताए । मंगलवार राप्ती बबई बहुमुखी क्याम्पस तुल्सीपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा संवोधन गर्दै गिरीले सो धारणा बताए ।

२०४६ सालको जनआन्दोलन पश्चात् स्थापना गरिएको सो क्याम्पसका संस्थापक अध्यक्ष समेत रहेका गिरीले भने आस्थाका आधारमा शैक्षिक संस्थालाई कदापि पनि विवादित क्षेत्र बनाउँनु हुँदैन भन्ने मेरो धारणा हो। मध्यपश्चिमका जनताका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न सुविधायुक्त होस् भन्ने मूल मर्मका साथ हामीले यो क्याम्पस स्थापना गरेका हौँ,’उनले भने, ‘ मूलत शैक्षिक संस्थालाई विवाद रहित र सार्वजनिक वनाउन हामी सदैव प्रतिबद्ध छौँ ।”

गत आइतवार गृह जिल्ला दाङ आएका गिरी हाल दंगाली जनता र नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरूसँग जिल्लाको विकास र निकासको लागि भलाकुसारी गरी रहेका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवकोटाको सभापतित्वमा गरिएको सो कार्यक्रममा क्याम्पसमा अध्यापनरत प्रध्यापक तथा सहायक प्रध्यापकहरूको उपस्थित रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार