• २०७७ मङ्सिर ९ गते मङ्गलवार

कार्यसम्पादनको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दाङले ए  प्लस प्राप्त गरी उत्कृष्ट

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ११ गते आइतवार

दाङ :  जिल्ला प्रशासन कार्यालय दाङ आर्थिक बर्ष २०७६/७७ को कार्यसम्पादनको सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट भएको छ । विभिन्न शिर्षकको कार्य सम्पन्न गरे वापत पाउने अङ्कको आधारमा जिल्ला प्रशासन कार्यालय दाङले  ए  प्लस प्राप्त गरी उत्कृष्ट भएको हो । हरेक आर्थिक वर्षको सुरुमै गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच विभिन्न शीर्षकका काम गर्नको लागि अङ्क तोकिने र त्यसैका आधारमा बितेको आर्थिक वर्षमा जिल्ला प्रशासन दाङले राम्रो कार्यसम्पादन गरेकाले उत्कृष्ट अङ्क प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

साथै उनले कार्यसम्पादन उत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत अन्य कार्यालयका प्रमुख एवम् कर्मचारी र सबै सरोकारवालाहरूको सहयोग सकारात्मक भूमिकाको लागि धन्यवाद एबम हार्दिक आभार व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार