• २०७७ कार्तिक ११ गते मङ्गलवार

मोटरसाइकल र स्कारपीयो एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ११ गते आइतवार

तुलसीपुर :  तुलसीपुर १९ विजौरीमा मोटरसाइकल र स्कारपीयो एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घोराहीबाट तुलसीपुर आउदै गरेको बा १६ च ४७७६ नम्बरको स्कारपियो र मानपुर बिजौरी तर्फबाट आउदै गरेको रा १ प ४९०८ नम्बरको मोटरसाइकल आइतबार बिहान साढे ११ बजे एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १९ श्रीचौरका २२ का विशाल घर्ती गम्भिर घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको अस्पतालले बताएको छ ।

उनलाई निधारमा गहिरो चोट र गुप्तांङमा भित्री चोट लागेको अस्पतालले बताएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २४ बर्षीय देव बहादुर घर्तीको भने सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार