• २०७७ मङ्सिर ९ गते मङ्गलवार

लागु औषधी सहित हापुरेबाट मेडिकल संचालक प्रहरी नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ११ गते आइतवार


दाङ :  दाङमा प्रहरीले लागुऔषध कारोवारको आशंकामा एक जना मेडिकल संचालक नियन्त्रणमा लिएको छ । बबई गाउँपालिका ५ हापुरेमा रहेको प्रतिक्षा मेडिकलका सञ्चालक ५४ बर्षीय कुसुमराम केसी (अहेव) लाई नियन्त्रणमा लिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

मोलासिड नामक औषधी अबैद्य रुपमा विक्री गरिरहेको भन्ने विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक मोहन बिक्रम केसीको नेतृत्वमा गएको प्रहरी टोलीले केसीलाई नियन्त्रणमा लिएको पदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।

प्रहरीले मेडिकलमा खानतलासी गर्दा १ सय ११ वटा ५ सय एमजीको ट्रमाजोल ट्याब्लेट मराबद गरेको जनाएको छ । घटनाको बारेमा ईप्रका तुलसीपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार