• २०७७ फाल्गुन २० गते बिहिवार

स्कारपियो गाडिको ठक्करबाट २ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ११ गते आइतवार

दाङ : दाङमा स्कारपियो गडिीको ठक्करबाट २ जनाको मृत्यु भएको छ । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ पिपरीचोकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियो गाडिले शनिबार बेलुका पौने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदाँ पिपरीका करिब ५० वर्षिय राजकुमार चौधरी र सोही ठाउँका रेमलाल चौधरीका ८ बर्षीय छोरा निसान चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते राजकुमारको उचपारको क्रममा बाँकेको कोहलपुरमा र निसानको बुटवलमा उपचारकै क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

अन्य ३ जना घाइतेहरूको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरूमा राप्ती गाउँपालिका ८ पिपरीका ७ बर्षीय सृष्टि गुरूङ, २२ बर्षीय गौरी चौधरी र २ बर्षीय लक्ष्मी चौधरी रहेका छन् । ठक्कर दिनेगाडी नालामा पल्टिएको छ , भने चालकलाई प्रहरी चौकी सिसहनियाँले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार