• २०७७ कार्तिक ६ गते बिहिवार

दाङको गढवामा सर्पदंश उपचार केन्द्र बन्यो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १० गते शनिवार


दाङ : दाङमा सर्पदंश कारण कयौंको ज्यान जाने गरेको छ । तर सर्पदंशका लागि उपचारका लागि केन्द्र नहुदाँ जिल्ला बाहिर लैजाने बाध्यता रहेको छ । जिल्लामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल २ वटा ठुला सरकारी अस्पताल छन्, तर त्यहाँ सर्पदंशको उपचार हुदैन् । दाङमा सबै भन्दा बढि सर्पदंशका घटनाहरु हुने देउखुरी क्षेत्र भएकाले गढवा गाँउपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । यसअघि सर्पदंशका बिरामीहरुलाई झारफुक प्रति बिश्वास गर्नेले बैद्यसँग उपचार गराउने वा अस्पातलमा उपचार गराउने जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । जिल्लामा आर्थिक बर्ष २०७६/७७ मा १५ जनाको सर्पदंशबाट ज्यान गएको थियो । गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो ।

ती सबैलाई गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत कपिलबस्तुको गोरुसिंगे उपचारको लागी पठाईएको थियो । गत बर्ष गढवाका एक ब्यापारी राजकुमार यादवलाई सर्पदंशले मृत्यु भएको थियो । त्यस लगतै राजपुरमा एकै घरका २ दिदि बहिनीको पनि सर्प दंशले ज्यान गुमाउनु परेको थियो । सर्पदंशको त्रास बढदै जादाँ गत बर्ष गढवा गाउँपालिकाले तिज महोत्सवको आयोजना गरेको थियो । त्यही कार्यक्रममा महिलाहरुले गितबाटै सर्पदंश उपचार केन्द्र बनाउन स्थानीय सरकारसँग माग गरेका थिए । तर गित गाउँनेहरुले उपचार केन्द्र बन्ला भनेर सोचेका थिएनन् । तिज गीत कै रचनाको माध्यमबाट सर्पदंश उपचार केन्द्रको जोडदार माग गरेको गढवा गाँउपालीका ५ की स्थानिय कमला भट्टले बताईन् ।

महिलाहरुले तिज गित प्रतियोगीतमा उपचार केन्द्रको माग गर्नु र नेपाल रेडक्रस उपशाखा गढवाले सर्पदंशको बिगबिगी र यसको न्यूनिकरणका लागि सचेतना सम्बन्धी सडक नाटक पनि प्रस्तुत गरेको र यो नाटकले पनि सर्पदंश अस्पताल खोल्न धेरै सहयोग गरेको रेडक्रसका फिल्ड अधिकृत देबी प्याकुरेलले बताए । महिलाहरुको बिशेष आग्रह र संघ संस्थाहरुले समेत सर्पदंश उपचार केन्द्रलाई प्राथमिकतामा राखि माग गरेकाले स्थापना गरेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको बताए ।

२०७६ मंसिरमा जिल्ला बिपद् ब्यवस्थापन समितिले पनि गढवामा सर्पदंश उपचार केन्द्र निर्माणको एजेण्डा पास गरी केन्द्रमा पठाएको थियो । सोही अनुरुप गाउँपालिकाको हिउँदे अधिवेशनबाट केन्द्र स्थापनार्थ एक करोड रकम बिनियोजन गरेर का गरेको उनले बताए ।
गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले नेपाली सेनासँंगका चिकित्सकहरुले उपचारमा प्राबिधिक सहयोग गर्ने भएको छ । उपचार केन्द्र संञ्चालनको अन्तिम तयारीमा रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

गढवामा सर्पदंश उपचार केन्द्र बनेपछि यहाँका नागरिकहरुले उपचार नपाईन मर्नु पर्ने अवस्था अन्त्य हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताए । सर्पदंश केन्द्र निर्माण भई सेवा दिने अन्तीम तयारी भई रहदाँ नागरिकहरु सबै भन्दा बढी खुशी भएका छन् । सर्पले डसेको केही समयमा मानिसको ज्यान पनि जाने घतरा हुने भएकाले जिल्लामै सर्पदंश उपचार केन्द्र सञ्चालन हुने भएकाले नागरिकहरु हर्षित छन्, गढवा ५ का रेमन्त सोनामले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार