• २०७७ फाल्गुन १५ गते शनिवार

राप्ती राजमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड राखियो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १० गते शनिवार

तुलसीपुर:  राप्ती राजमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड राखिएको छ । जिल्ला ट्राफिक कार्यालय दाङ ट्राफिक पोष्ट गोठीखोलाको समन्वयमा राप्ती राजमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।

जिल्ला ट्राफिक प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीको अगुवाईमा राप्ती राजमार्गको तुलसीपुर–कपुरकोट सडक खण्डको सल्यान सीमानासम्म जोखिम र दुर्घटना क्षेत्र भएका विभिन्न स्थानमा बोर्डहरू राखिएको हो । ट्राफिक सचेतना बोर्डको सौजन्य थ्रि जी कन्टक्सन प्रालिका सञ्चालक निर्माण व्यवसायी आशिष मल्लले गरेका थिए ।

यसैबीच गोठीखोला अस्थायी प्रहरी पोष्टमा ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रियासमेत गरिएको छ । स्थानीय र सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने सहभागीहरूले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि सबै जागरूप हुनुपर्ने बताएका थिए ।

उनीहरूले मानवीय लापरबाही र पूर्वाधारको कमजोरीका कारण धेरै दुर्घटना हुने भन्दै यसमा सबै सचेत रहनुपर्ने बताए । प्रहरी र नागरिकको सहकार्य बढिरहेकोले शान्ति सुरक्षा कायम हुने दुर्घटनासमेत न्यूनीकरण हुने बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले विगतका वर्षहरूका दुर्र्घटना संख्या बढेको भन्दै न्यूनीकरणमा सबैको भूमिका रहेको बताए । निर्माण व्यवसायी आषिश मल्लले सडकमा ट्राफिक सचेतना आवश्यक भएको देखेर आफूले बोर्ड निर्माणमा सहयोग गरेको बताए ।

उनले प्रहरीलाई स्रोत साधन सम्पन्न गर्नसकेमा शान्ति सुरक्षा पनि बलियो बन्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार