• २०७७ कार्तिक १३ गते बिहिवार

श्रीमती हत्या अभियोगमा जेलमा रहेका पूर्वडीआईजी कोइराला रिहा

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ८ गते बिहिवार

काठमाडौँ  : श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला उक्त सजाय भुक्तान गरी छुटेका हुन् । राजधानीमा श्रीमतीको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि जलाएका उनी दोषी ठहर भएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय घटाएको हो। २०६८ साल माघमा उनले श्रीमती गीताको हत्या गरेका थिए। काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो ।

तर प्रधानन्यायाधीशसहितको इजलासले जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते घटाएर ८ बर्ष ६ महिनामा झारेकी थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार