• २०७७ फाल्गुन २० गते बिहिवार

जबरजस्ती करणी उद्योगमा फरार रहेका एक व्यक्ति पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ७ गते बुधवार

तुलसीपुर :  ईलाका प्रहरी कार्यालय तुलसीपुरले जबरजस्ती करणी उद्योगमा फरार रहेका एक व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ बोहोरागाउँ निबासी ४४ बर्षका खिमबहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

तुलसीपुरमा एक महिलालाई घरमा सुति रहेको अवस्थामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा फरार रहेका वलीलाई प्रहरीले घरैबाट मंगलवार पक्राउ गरेको हो । गएको बैशाख १७ गते राती १२ बजे ती महिलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार