नियमित रुपमा मिटर रिडिङ गर्न तुलसीपुरका ब्यवसायीको माग

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ६ गते मङ्गलवार


तुलसीपुर : तुलसीपुर क्षेत्रमा अनियमित रुपमा लाईन आउने जाने गरेको भन्दै यहाँका व्यवसायीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरलाई मंगलवार ध्यानाकर्षण गराएका छन् । उद्योग धन्दा, कलकारखाना नचल्दाँ पनि अनियमित रुपमा लोडसेडिङ गर्ने गरेको र मिटर रेडिङ समेत नहुँदा आफुहरु मर्कामा परेको भन्दै तुलसीपुरका व्यवसायीहरु प्राधिकरणमा पुगेका थिए ।

तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेको नेतृत्वमा गएको व्यवसायीको टोलीलले घर–घरमा पुगेर मिटर रिडिङ नहुँदा सेवाग्राही चर्को शुल्क तिर्न बाध्य भएको भन्दै सेवा प्रवाहलाई सुधार गर्न आग्रह गरेका थिए ।

वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने बर्षौ पुरा संरचनासंगै बर्षात र हावाहुरीका कारण पोल ढल्दा तथा मर्मत गर्दा बिजुली बत्ती आउने जाने ( लाईन ट्रिप) हुने गरेको बताए । ठूला उद्योगहरु यस क्षेत्रमा एक सय वटा भएकाले मिटर रिडीङ गरेको बिल घरसम्म पठाउने व्यवस्था मिलाउने बताउदै प्रमुख लामीछानेले अन्यको हमा कर्मचारी थोरै हुँदा समस्या भएको बताए । यद्यपी समस्याको समाधानका लागि आफु प्रतिवद्ध भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार