प्रकृती संरक्षण नै मावन जीवन सुरक्षित : शाक्य

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ६ गते मङ्गलवार

दाङ :  प्रतिनिधीसभा सदस्य सुजिता शाक्यले मानव जीवन प्रकृति सँग निर्भर रहेको बताईन् । घोराही २ निमुरियाको गौरी सामुदायिक वन क्षेत्रमा आयोजित बृक्षारोपण कार्यक्रममा बोल्दै सांसद शाक्यले मानव बाँच्ने आधार नै प्रकृती सँग निर्भर भएको बताईन् । वन संरक्षणले नै मानव जीवन र प्रकृतिको चक्रलाई स्वस्थ राख्ने भन्दै उहाँले रुख बिरुवामा संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिईन् । रोपिएका विरुवालाई संरक्षण गर्नु नै जीवन संरक्षण हुने भन्दै उनले चोरी, तस्कारी र विनासलाई पूर्णरुपमा रोक्न उपभोक्ताहरु नै सचेत हुनुपर्ने बताईन् ।

अब वनलाई आम्दानी सँग जोड्नु पर्ने भन्दै उनले बैज्ञानीक ढंगबाट वनको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखिन् । प्रकृती संरक्षण विना कसैको पनि भविष्य सुरक्षित नहुने भएकाले वन संरक्षणमा कटिबद्ध भएर लाग्न उपभोक्ताहरुलाई आग्रह समेत गरिन् । बोट विरुवाको नास हुनु नै मानव जीवन समेत अप्ठेरोमा पर्ने भएकाले सबै वन संरक्षणमा लाग्नु आजको आबस्यकता भएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार