• २०७७ कार्तिक ४ गते मङ्गलवार

रोल्पामा करिब ३ सय घरधुरीलाई सोलार बितरण

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

रोल्पा : रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ ले २ सय ९९ घरधुरीलाई सोलार बितरण गरेको छ ।  वडा नं. २ का अध्यक्ष भुपाल दमाइको समन्वयमा गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले स्थानीयलाई सोलार वितरण गरेका हुन ।अध्यक्ष खत्रीले सोलार बितरण कार्यक्रममा आर्थिक सहयोग गर्ने आशा प्रोजेक्टलाई धन्यवाद दिएका थिए । उनले गाउँपालिकाले सबै वडालाई आवश्यकता आधारमा प्राथमिकता दिएर विकास गर्दै आएको बताएका थिए ।

बिजुलीको पहुँच नपुगेका ठाउमा अध्यारोमुक्त गर्न सोलार बितरण गरिएको वडा अध्यक्ष भुपाल दमाइले बताए । जसमा वडा नम्बर २ बडामेलामा ९९ घर, घरबिर टोलमा ६६ र ओइलाम टोलमा १०० घरधुरीलाई सोलार बितरण गरिएको उनले जानकारी दिएका छन् ।

आशा प्रोजेक्ट रोल्पाको आर्थिक सहयोगमा २ सय ९९ घरधुरीलाई ५० वाटको एक र एक सेट सोलार बितरण गरेको हो । ५० वाटको सोलारको भ्याट रकम २०५ कादरले तिरेको वडा अध्यक्ष भुपाल दमाईलाई उदृत गर्दै गाउँपालिका प्रेस संयोजक अशोक वलीले जानकारी दिएका छन

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार