दाङमा निर्धारण गरिएको बजार खोल्ने समय हटाईयो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

दाङ :  कोरोना संक्रमण रोकथामका लागि भन्दै दाङमा निर्धारण गरिएको बजार खोल्ने समय हटाईएको छ । कोरोना संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकले बजार खोल्ने निर्धारित समय हटाई सामान्यरुपमा बजार खुल्ला राख्ने निर्णय गरेको हो ।

यस अघि बेलुका ५ बजे पछि बजार बन्द हुदै आएको थियो । कोरोना संक्रमण फैलन नदिन भन्दै समितिले बेलुका ५ बजे पछि बजार बन्द गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो ।  समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस अघि तोकिएको ५ बजे बजार बन्द गर्ने समय हटाउदै सामान्यरुपमा पसलहरु खुल्ला राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार