• २०७७ फाल्गुन १९ गते बुधवार

तुलसीपुर उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि दौडधुप सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

तुलसीपुर : तुलसीपुर उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि टिकटको दौडधुप सुरु भएको छ । बाणिज्य संघको थप गरेको समयावधी आगामी भदौ ३१ गते सकिदै गर्दा नेतृत्वका लागि टिकट पाउन पार्टी भित्र दौडधुप सुरु भएको हो । असार २८ गते तुलसीपुर उद्योगबाणिज्य संघको कार्यकाल सकिएपछि विद्यामान व्यवस्था भए अनुसार २ महिना समयावधी थपिएको थियो ।


असोज महिना भित्र बाणिज्य संघको निर्वाचन हुने पक्कापक्की भएपछि नेपाल कम्युनिष्ट पार्टीबाट बर्तमान बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, पूर्व बरिष्ठ उपाध्यक्ष खगेन्द्र पोख्रेल र वर्तमान महासचिव रुप बहादुर खत्रीको नाम टिकट पाउनेमा चर्चामा छ । पोख्रेल बाणिज्य संघको महासचिव, उपाध्यक्ष र सल्लाहाकार समेत गरेर पाँच कार्यकाल विताई सकेका छन् भने बरिष्ठ उपाध्यक्ष चालिसे र महासचिव खत्रीको यो पहिलो कार्यकाल हो ।


त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट वर्तमान उपाध्यक्ष ललित जंग शाह, विजय कुमार केसी र अनुप कुमार श्रेष्ठ ९रामु० को नाम टिकट पाउनेमा चर्चामा छ । केसी पूर्व उपाध्यक्ष, श्रेष्ठ कोषाध्यक्ष र शाह सदस्य, कोषाध्यक्ष हुँदै अहिले बर्तमान उपाध्यक्ष छन् ।


कांग्रेस भित्र देखा परेका ३ जना मध्य बाणिज्य संघको पूर्व उपाध्यक्ष समेत रहेका विजय कुमार केसीले टिकट पाएमा सर्वसहमती हुने सम्भावना देखिएको छ भने ललित जंग शाह र अनुप आएमा केहि रस्साकस्सी हुने सम्भावना रहेको कांग्रेस नेताहरु बताउनछन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार