• २०७७ कार्तिक १३ गते बिहिवार

राप्ती गाउँपालिकामा साउन ९ गते रक्क्तदान कार्यक्रम हुने

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

देउखुरी दाङ :  रक्क्तदान जिवनदान भन्ने उदेश्यका साथ राप्ती गाउँपालिकाको कार्यालयमा रक्क्तदान कार्यक्रम हुने भएको छ ।
पछिल्लो समय ब्लड बैंकमा रगतको अभाव देखीन थालेपछि राप्ती गाउँपालिकाले अति आवस्यक क्षण र जिवन मरणको समयमा आवस्यक पर्ने रगतको अभाव लाई केहि हद सम्म पुरा गर्ने उदेश्यले रक्क्तदान कार्यक्रमको आयोजना गर्न थालेको बताईएको छ ।

नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाको समन्वय, नेपाल रेडक्रस सोसाईटि रक्त संचार सेवा केन्द्र घोराहिको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका स्वास्थ्य शाखाले रक्क्तदान कार्यक्रमको आयोजना गर्न थालेको हो । आगामी साउन ९ गते शुक्रवारका दिन विहान ७ बजे देखी १० बजेसम्म गाउँपालिकाको सभाहलमा रक्क्तदान गरिने छ ।
स्वस्थ्य ब्यक्तिले रक्क्तदान कार्यक्रममा सहभागी भै रक्क्तदान गर्न राप्ती गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखा र रक्त संचार सेवा केन्द्र घोराहिद्धारा सबैमा अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार