दाङका निजी विद्यालयका शिक्षक भन्छन्, हामीलाई राज्यबाट सौतेनी ब्यवहार भयो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

दाङ : कोरोनो भाइरसका कारण प्रभावित हुने मध्यमा शिक्षा क्षेत्रमा एक हो । गत बर्षको चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दी यहि साउन ७ गते सम्म सरकारले जारी गरेको छ । गत असार १ गतेदेखि सरकारले लकडाउनलाई खुकुलो बनाएपछि विस्तार अहिले देशको अवस्था सामान्य बन्दै गएको छ । तर अन्य क्षेत्र खुल्दै गएपनि शिक्षा क्षेत्र खुल्ने कहिले अझै केही थाहाँ छनै् । लकडाउनका कारण विद्यालयहरु संचालन नहुदाँ लाखाँै विद्यार्थीहरु घर मै बसेका छन् । भने त्यहि विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरु पनि उति कै समस्यामा छन् । लामो समयदेखि विद्यालय बन्द हुदाँ निजि विद्यालयका शिक्षकहरुले दैनिकी चलाउन समस्यामा परेको बताएका छन् ।

लकडाउनका कारण विद्यालय बन्द हुदाँ पढाउन नपाएपछि विद्यालउबाट तलब नपाउँदा दैनिकी चलाउन समस्या भएको दाङ तुलसीपुरमा रहेको सप्तरंगी बोडिङ स्कुलका भाइस प्रिन्सीपल प्रदिप कुमार वलीले बताए । उनले राज्यले निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई सौतेनी ब्यवहार गरेको गुनासो गरे । नेपालमा लकडाउन भएदेखि सरकारी र निजि विद्यालयहरु बन्द छन्,’ उनले भने‘ तर सरकारी विद्यालयका शिक्षकले तलब खाएका छन्, हामी निजिका शिक्षकहरु खानै नपाउँने अवस्था छ ।’ त्यस्तै शिक्षकहरु मात्र नभई लकडाउन कारण लाखौँ विद्यार्थीहरुको भविष्यमा समेत असर परेको छ । विद्यालय बन्द भएपछि लामो समय सम्म घरमा बस्दाँ पढाईमा नै समस्या भएको सप्तरंगी बोडिङ स्कुल कक्षा १० मा अध्ययनरत छात्रा कृति गिरीले बताईन ।

उनले विद्यालयले ३ महिना सम्म अनलाइन कक्षा दिएको भएता पनि त्यो प्रभावकारी नभएको बताईन् । त्यसैगरी विद्यालयहरु बन्दाबन्दीका कारण बन्द भएपछि धेरै समस्या भोग्नु परेको विद्यालय संचालकहरुको भनाई छ । विद्यालयको घरभाडाँ, शिक्षकहरुलाई तलब, गाडि, विद्युत लगाएतको तिर्नलाई ऋण लिएर चलाउनु परेको सप्तरंगी विद्यालयका प्रिन्सीपल छवि कुमार वलीले बताए । उनले राज्यले आफुहरुलाई सौतेनी ब्यवहार गरेको बताए । नेपालमा ३६ हजार निजि विद्यालयहरु भएको त्यसमा आवद्ध साढे २ लाख शिक्षक र २५ लाख भन्दा बढि विद्यार्थीहरु रहेको भन्दै सरकारलाई सौतेली ब्यवहार गर्न आग्रह गरे ।

त्यसैगरी उनले अनलाइन कक्षा नभई अव स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय संचालन गर्न राज्यले ध्यान दिनु पर्ने बताए । त्यसैगरी एन प्याब्सन दाङका जिल्ला अध्यक्ष विमल गौतमले सरकारले अब विद्यार्थीहरुलाई विद्यालयमा आई पढ्न सक्न बातारण मिलाउनु पर्ने बताए । उनले विहान र दिउँसो गरी होस् वा जोर विजोर दिन अनुसार भएपनि विद्यालय संचालन गर्नु पर्ने बताए । त्यसैगरी उनले सरकारले दिएको कोर्ष पुरा गर्न अब नसकिने भएकाले नयाँ पात्रो जारी गरी विदा कटौति गर्नु पर्ने बताए ।

दाङमा मात्र निजि विद्यालयको संख्या २२३ वटा संस्थागत विद्यालय रहेको र त्यसमा १ लाख २२ हजार बढि विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन्, भने करिब ३५ सय शिक्षक कर्मचारीहरु आवद्ध रहेको प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष मधुशुदन केसीले बताए । उनले विद्यालयहरु संचालनमा नआउँदा, शिक्षकहरुको अवस्था दयनिय भएको र बजारका पुस्तक पसल, कपडा पसलमा समेत ब्यापार नभएको बताए । त्यसैगरी उनले यहि साउन १ गते देखि निजि विद्यालयले संचालन गर्दै आएको अनलाइन कक्षा बन्द गरेको समेत बताए । ‘ राज्यले कक्षा मात्र संचालन गर भन्ने,’ उनले भने ,‘ तर अभिभावक संग शुल्क लिन नदिएपछि शिक्षकहरुलाई विना पैसा पढाउ भन्न नसकिने भएकाले बन्द गरिएको हो । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार