• २०७७ मङ्सिर ९ गते मङ्गलवार

दाङमा १० वटा चोरीका मोटरसाईकल सहित १४ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ४ गते आइतवार

दाङ :  दाङमा प्रहरी १० वटा चोरीका मोटरसाईकल सहित १४ जना ब्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न स्थान र मितिमा मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेकालाई आइतबार जिल्ला प्रहरी कार्यालय दाङमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घोराही १४ का २३ बर्षिय समिर सुनार,२१ बर्षिय सुवास सार्की,वडा नम्वर १६ बस्ने २१ बर्षिय सागर हमाल,वडा नम्वर १४ का ३५ बर्षिय केन्द्रबहादुर डाँगी,लमही ७ का २५ बर्षिय प्रकास चौधरी,राजपुर गाँउपालिका २ बेलाका २२ बर्षिय आयोज चौधरी, रहेका छन् । त्यस्तै,राजपुर गाँउपालिका २ का २२ बर्षिय प्रियतम चौधरी,लमही ७ का २५ बर्षिय पाल्टुराम चौधरी,राजपुर २ का २७ बर्षिय रविप्रताप यादव,सोही ठाँउका २७ बर्षिय राजकुमार यादव,घोराही १७ का २३ बर्षिय निरज योगी,घोराही १३ का १८ बर्षिय संजय परियार,लमही ७ का २४ बर्षिय धनिराम चौधरी र लमही ७का २७ बर्षिय हेमन्त गिरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । त्यसैगरी यातायात ब्यबस्था कार्यालयको कर्मचारीको मिलोमतोमा नक्कली ब्लुबुक बनाउने समूहलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा यातायाता ब्यबस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर ४ बस्ने ४८ बर्षिय कृष्णप्रसाद खनाल र तुलसीपुर ६ का २१ बर्षिय अब्दुल हफिस सिद्धिकी,वडा नम्वर ५ का चक्रबहादुर वली,वडा नम्वर ६ का ३७ बर्षिय जिवन पोख्रेल र सोही ठाँउ बस्ने ३२ बर्षिय बिष्णु घिमिरेलाई सार्वजनिक गरेको हो ।  सरकारी छाप समेत कृर्ते बनाई नक्कली ब्लुबुक समेत बनाई रहेको सूचनको आधारमा ती ४ जनालाई लु ४६ प ३५४१ नम्वरको सवारी दतर्ता किताव,प्रदेश सरकार प्रदेश नम्वर ५ भौतिक पुर्वाधार मन्त्रालय यातायात ब्यबस्था कार्यालय दाङ लेखेको छाप थान १,शाखा अधिकृतको छाप थान १,बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रमाण पत्र,सवारी चालक अनुमति पत्र,पुराना ब्लुबुक,निरोगिताको दस्तखत र छाप हानेको कागजहरु सहित पक्राउ गरी सरकारी छाप दस्तखत कृत्ते मुद्धा दर्ता गरीएको दाङका प्रहरी प्रमुख गणेश चन्दले बताए ।

यस्तै गत जेठ २६ गते दिँउसो साँढे १२ बजेतिर गढवा गाँउपालिका १ जेठानगाँउ स्थित राप्ती नदीको बगरमा बज्रगुुरु कन्ट्रक्सनले पाकिङ गरेका २ वटा स्काईभेटर सहित ६ वटा सवारीका साधानमा आगजनी गर्ने तुलसीपुर १९ बिजौरी बस्ने ४० बर्षिय नेकपा बिप्लप समूहका जिल्ला सदस्य मदन केसीलाई पक्राउ गरेको प्रमखु चन्दले बताए । केसीमाथि आबश्यक अनुुुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार