• २०७७ कार्तिक ४ गते मङ्गलवार

बेसले दियो तुलसीपुरलाई स्वास्थ्य सामग्री

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ४ गते आइतवार

तुलसीपुर : ब्याकवार्ड सोसाइटी एजुकेशन बेसले तुलसीपुर उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड १९ का कारण लकडाउनको समयमा क्वारेन्टाइनमा आवश्यक पर्ने सामग्री वितरण गरिएको हो । बेसका कार्यक्रम संयोजक चुर्णवहादुर चौधरीका अनुसार स्यानीटाइजर, पिपिइ,टावेल,सावुन, भिटिएम,स्यानिटरी प्याड लगायतका क्वारेन्टाइनमा बस्दा चाहिने अत्यावश्यक सामग्री वितरण गरिएको हो । ‘विपद्को बेलामा हामी सबैको दायित्व सहयोग गर्नु हो’ कार्यक्रम संयोजक चौधरीले भने ।

तुलसीपुर उपमहानगरपालिकालाई अत्यावश्यक सामग्री वितरण गरिएको भन्दै कार्यवाहक नगरप्रमुख माया शर्माले खुसी व्यक्त गरिन् । ‘विपद्बाट जनतालाई जोगाउँने दायित्व सबैको भएकाले यहाँहरुले पनि दायित्व पुरा गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौ’ शर्माले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार