• २०७७ मङ्सिर ११ गते बिहिवार

बंगलाचुली ५ को वडा कार्यालय भवनको उद्घाटन

Author Logo..
२०७७ साउन ३ गते शनिवार

दाङ : दाङको बंगलाचुली गाउँपालिका ५ को वडा कार्यालय भवनको शनिवार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण तथा उद्घाटन गरीएको छ । वडाध्यक्ष एनुराज खत्रीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा निर्माण कम्पनिका तर्फबाट नव सृजनशिल कन्ट्रक्सन कम्पनि प्रालि शिनामंगल काठमाडौँका विष्णु गौतमले वडाको नवनिर्मित भवनको साँचो वडा अध्यक्षखत्रीलाई हस्तान्तरण गरेका थिए ।

भने गाउँपालिका अध्यक्ष वलीले भवनको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष वलीले वडाले अब देखि आफ्नै भवनबाट जनतालाई सेवा दिने अवसर जुरेको बताए ।उनले संसारभर कोरोना महामारीले आक्रान्त पारिरहेको यो अवस्थामा पनि निर्माण कम्पनिले समयमै वडा कार्यालय भवन निर्माण गरेको भन्दै कृतज्ञता ज्ञापन गरे । अध्यक्ष वलीले गाउँपालिकाको भौतिक निर्माणले गति लिईरहेको अवस्थामा अव क्रमसः वडा कार्यालयहरु उद्घाटन गरिने बताए ।


सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले वडा कार्यालय भवन निर्माणको बारेमा जानकारी गराएका थिए। उनले वडा कार्यालय निर्माणमा झण्डै ४८ लाख ५० हजारको लागत लागेको बताए । यस्तै कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं. २ का सचिव जितबहादुर वलीले निर्माण कम्पनिले गुणस्तरिय काम गरेको र समयमै काम सम्पन्न गरेको भन्दै निर्माण व्यवसायिको प्रसंशा गरे । उनले आफुले सोँचेको भन्दा पनि छोटो समयमा काम सम्पन्न भएको र गाउँपालिकाको अन्य कामहरु पनि समयमा गर्न समेत सुझाव दिए ।


कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य खिम बहादुर वली,सुधा मा।वी।झेलनेटका प्राचार्य बाबुराम पौडेल, निर्माण कम्पनिका प्रालि शिनामंगल काठमाडौँका विष्नु गौतम लगाएतले बोलेका थिए । गाउँपालिका कार्यपालिका सदस्य पवित्रा जिसीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले गरेका थिए

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार