• २०७७ फाल्गुन २३ गते आइतवार

दाङमा शुक्रबार एक बालकसहित ५ जनामा कोरोना पुष्टि

Author Logo..
२०७७ साउन २ गते शुक्रवार

दाङ : शुक्रबार दाङमा एक बालकसहित ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा दंगीशरण गाउँपालिकाका २ जनामा र तुलसीपुरका ३ जना पुरुषमा कोरोनासंक्रमण पुष्टि भएको हो । असार ३० गते संकलन गरिएको १७ जनाको स्वावमा ३ जनाको पोजेटिभ देखियपछि कोरोना अस्पताल वेलझुण्डी पठाईयको कोभिड १९ तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमित हुनेहरुमा तुलसीपुर ४ का २ जना २० बर्षका सेन्टर स्कुल तुलसीपुरको क्वारेन्टाइनमा रहेका छन्, भने र विजौरी क्वारन्टाइनमा रहेका ३२ पुरुष बर्षका र वर्डा नं १६ का ३४ पुरुष बर्षीय का कुवेत , कतार र साउदीबाट आएका हुन् । त्यस्तै दंगीशरण गाउँपालिका ३ का ५ वर्षीय बालक र ३० वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको छ। यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६३६ पुगेको छ । यी मध्य ४५० भन्दा धेरै निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार