• २०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुरमा मास्क लगाउन सुझाउंदै प्रहरी

Author Logo..
२०७७ साउन २ गते शुक्रवार


तुलसीपुर : तुलसीपुरमा प्रहरीले मास्क प्रयोग नगरी बजार हिडेकालाई कारबाही गर्न थालेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर बजारमा मास्क नलागाई हिड्ने ब्यक्तिहरुलाई सडकैमा होल्ड गरी कारबाही गर्न थालेको हो ।

शुक्रवार तुलसीपुरको विरेन्द्र चोक, विपी चोक, मदनआश्रीत चोक र बसर्पाकमा मास्क नलगाई हिडेका ब्यक्तिहरुलाई सडक मै होल्ड गरी सम्झाई बुझाई पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं ईन्स्पेक्टर चक्र डमरपालले बताए ।

भोलीदेखि मास्क नलागाई बजारमा हिड्नेलाई सडक मै होल्ड राखि काननु अनुसार कारबाही गरिने समेत उनले बताए । त्यसैगरी उनले कोरोनाको जोखिमबाट बच्नको लागी सबैलाई मास्क प्रयोग गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार