• २०७७ कार्तिक ७ गते शुक्रवार

टिकटक नृत्य प्रतियोगितामा दाङकी कल्पना उत्कृष्ठ १० मा

Author Logo..
२०७७ साउन २ गते शुक्रवार


दाङ,२ साउन : सामाजिक सञ्जालमा निकै लोकप्रिय एप टिक टक प्रतियोगितामा दाङकी कल्पाना डिसी उत्कृष्ठ १० मा परेकि छन्। नेपाली टिक टक प्रतियोगीता २०७७ मा कल्पना देशभरमै उत्कृष्ठ १० मा पर्न सफल भईन् । साईनीङ स्टार म्यूजिकले आयोजना गरेको प्रतियोगीतमा ६० जनाले भाग लिएका थिए ।


शुक्रबार प्रकाशित नतिजामा उत्कृष्ठ १० जनामा काठमाण्डौका गुन्जन थापा, भक्तपुरकी शिवानी थापा,मोरङका रबीन श्रेष्ठ,दाङ तुलसीपुरकी कल्पाना डिसी,रुकुमका गंगा चन्द,मोरङकम प्रियांका मगर,मोरङकै स्वस्तीका तामाङ, रुकुमकी कृष्मा केसी,नेपालगञ्जका जेशिका साह र झापाका डाईमण्ड लिम्वु उत्कृष्ठ १० मा परेका हुन् ।

उत्कृष्ठ १० मा छनौटमा परेका प्रतिस्पर्धीले साउन १५ गतेसम्म कुनैपनि नेपाली गीतमा नृत्य गरेको भिडियो बनाउनुपर्ने छ । उत्कृष्ठ हुने प्रतियोगीले नेपाली म्युजिक भिडियोमा अभिनय गर्न पाउने छन् । साथै प्रमाणपत्र सहित सम्मान गरिने साईनीङ स्टार म्यूजिक कम्पनीका डाईरेक्टर जिवन केसीले बताए

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार