• २०७७ कार्तिक १५ गते शनिवार

जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु ४ घाईते

Author Logo..
२०७७ साउन १ गते बिहिवार


दाङ : कृष्णनगरबाट तुलसीपुुर तर्फ आउदै गरेको जिप घोराही उपमहानगरपालिका ३ मसोटमा दुर्घटना हुदाँ १ जनाको ज्यान गएको छ भने अरु ४ जना घाईते भएका छन् ।
रा १ च ९६२ नम्वरको बोलेरो जिप साँढे ५ बजेतिर घोराही लमही सडक खण्डको मसोट नजिकै अनियन्त्रित भई भित्तामा ठोकिदा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ का २२ बर्षिय पदम वलीको मृत्युभएको हो ।


उक्त जिप दुर्घटना हुदा घाईते वलीको उपचारका क्रममा बिहान पौने ७ बजेतिर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाईते तुलसीपुर उपमहानगरपािलका वडा नम्वर १५ का ३८ बर्षिय भिमबहादुर वलीको हात र अनुहारमा चोट लागेको भएपनि अबस्था भने सामान्य रहेको छ ।

गम्भीर घाईते २४ बर्षिय गोपाल श्रेष्ठ र १७ बर्षिय बिशाल वलीको प्रतिष्ठानमा उपचार भईरहेको दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए । त्यस्तै,सोही ठाँउका २६ बर्षिय देवराज वलीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार