डिभिजन वन कार्यालय दाङ बृक्षरोपण अभियानमा केन्द्रीत

Author Logo..
२०७७ असार ३१ गते बुधवार


दाङ : डिभिजन वन कार्यालय दाङले बिगत १२ बर्षदेखि वन अतिक्रमण गरी पक्की घर बनाएको क्षेत्र हटाई बृक्षरोपण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्याण सामुदायिक वनको हटाईएको अतिक्रमण क्षेत्र करिव २ हेक्टरमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङा प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।


उक्त क्षेत्रमा विगत १२ बर्ष देखि अतिक्रमण गरि पक्की घर समेत बनेको थियो । सो क्षेत्र खाली गर्न गराइ तारवार सहितको वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अतिक्रमित क्षेत्र खाली गरेपछि जनकल्याण सामुदायिक वनका पदाधिकारीहरू, उपभोक्ता, विजौरी सव डिभिजन वन कार्यालयका कर्मचारीले सयुक्त रुपमा बृक्षरोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार