• २०७७ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा रुखको हाँगाले लाग्दा एक ब्यक्तिको मृत्यु

Author Logo..
२०७७ असार ३० गते मङ्गलवार

दाङ : तुलसीपुरमा मोटरसाईकल चलाईरहेको अबस्थामा रुखको हाँगाले लाग्दा एक ब्यक्तिको मृत्यु भएको छ । मंगलबार विहान ८ बजेतिर मोटरसाईकल चलाईरहेको अबस्थामा रुखको हाँगाले लाग्दा तुलसीपुर उपमहानगरपालिका ११ लहलौरा निवासी २३ बर्षीय तुलसी चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्र्दा टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहले बताए । रुखको हाँगा भच्चिएर उनलाई चोट लागेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार