• २०७७ कार्तिक १३ गते बिहिवार

साउन १ गतेदेखि तुलसीपुरमा मास्क अनिवार्य लगाउनु पर्ने

Author Logo..
२०७७ असार ३० गते मङ्गलवार

तुलसीपुर : तुलसीपुरमा मास्क नलगाएर हिड्नेलाई जरिवाना गरिने भएको छ । नागरिकलाई मास्क लगाउने बानी पार्नका लागि तुलसीपुर उपमहानगरपालिकाले साउन १ गतेदेखि यो नियम कडाईका साथ लागु गर्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकमा यस्तो निर्णय गरिएको हो ।

उनले लकडाउन खुकुलो पारेसँगै बजारमा भिडभाड बढेको र मास्क नलगाउँदा संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले बताए । जरिवाना गरिएको रकम उपमहानगरपालिकाको कोरोना विपद् कोषमा जम्मा गरिने पनि जानकारी दिए । संक्रमण नफैलियोस् भन्नका लागि यस्तो निर्णय गरिएको पनि लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार