
तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष टोपवहादुर केसीको दोस्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक कोरोना परिक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भएको स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको तुलसीपुर कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।
उनले वडाध्यक्ष केसी आइसोलेसनमा वसेको १४ दिन पुगेपछि स्वाब संकलन गरेर पठाईएको पनि बताए । रिपोर्ट नेगेटिभ आएसँगै वडाध्यक्ष केसी नियमित काममा फर्कने भएका छन् । ‘अब फेरी जनताको काममा खट्नेछु’ उनले भने ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस