गोवामा मृगौला फेल भई उपचार गराई रहेका बबई ५ हुरुमका बोटेलाई आर्थिक सहयोग गर्न अपिल

Author Logo..
अनलाइन राप्ती २०७७ असार २९ गते सोमवार


दाङ : दुई वटा मृगौला फेलभई हाल मृत्युसंग संघर्ष गरिरहेका दाङको बबई गाउँपालिका ५ हुरुमका ३५ बर्षीय तिलक बोटेको उपचारका लागी आर्थिक सहयोग गरिदिन श्रीमती उमा बोटे अपिल गरेकी छन् । रोजगारीको शिलशिलामा भारतको गोवा गएका बोटेको दुवै मृगौला फेल भएपछि अहिले गोवा मेडिकल कलेजमा उपचार भईरहेको उमाले बताईन् ।

काम गर्ने श्रीमान नै विरामी भएपछि अहिले उहाँको उपचार गर्न पैसा नहुदाँ निकै समस्यामा परेको भन्दै सबैले सक्दो सहयोग गरि आफ्ना श्रीमानको जिवन बचाई दिन अनुरोध गरेकि छन् । ४० दिनदेखि अस्पतालमा बोटेको उपचार भईरहेको र उनको अवस्था एकदमै नाजुक भएको भनि डाक्टरहरुले जानकारी दिएको गोवा नेपाली समाजका अगुवा सुनिल रावतले जानकारी दिए ।

अहिले समाजले गोवामा रहेका नेपालीहरुले सहयोगको लागी अपिल गरेको समेत उनले बताए । उनी करिब १४ बर्षदेखि गोवा बस्दै आएको र होटेलमा कुक काम गर्दै आएका थिए ।उनले विगत ३ बर्षदेखि युरिक एसिडको औषधी खादै आएका थिए । उनका ४ र ७ बर्षीय २ छोरा छन् । जेठा छोरा शारिरीक अपांग छन् ।

साथै सहयोगको लागी श्रीमती उमाको +९१८८०६१२३०५५ वा समाजका अगुवा सुनिल रावत + ९१९८९०२९१२६० र हस्त बहादुर रसाईली + ९१९७६३८१७३०५ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार