• २०७७ मङ्सिर ९ गते मङ्गलवार

शान्तिनगर ५ ले दियो २ कृषी समुहलाई हाते ट्याक्टर

Author Logo..
अनलाइन राप्ती २०७७ असार २९ गते सोमवार

तस्बिर : बिनोद डाँगी फेसबुकबाट


शान्तिनगर : शान्तिनगर गाउँपालिका वडा नं. ५ ले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ । वडा कार्यालयले आइतवार एक कार्यक्रमको आयोजना गरि वडाले जनाएको छ । वडाको ५० प्रतिशत अनुदानमा काँसीपुर कृषक समूह र श्रमजिवि कृषक समूह रगैजा गरी २ वटा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष गिरीराज बस्नेतले जानकारी दिए ।

कृषकहरुलाई आधुनिक प्रविधिसंग जोड्नको लागी हाते ट्याक्टर वितरण गरिएको उनले जानकारी दिए । वडाले कृषिलाई विशेष प्राथिकतामा राखेको र आगमी दिनमा पनि कृषि सम्वन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताए । कृषकहरुको समस्यालाई मध्यनजर गर्दै कृषि सामग्री उपलब्ध गराएको भन्दै कृषकहरु खुसी भएका छन् । विस्तारै कृषी क्षेत्रलाई आधुनीकिकरणतर्फ लैजानका लागि वडाले कृषि यान्त्रीकरण वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार