• २०७७ फाल्गुन २० गते बिहिवार

शान्तिनगर ७ का ९८ जना सुत्केरी आमालाई अण्डा र नेलकटर वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ असार २८ गते आइतवार

शान्तिनगर : शान्तिनगर गाउँपालिका वडा नम्बर ७ ले सुत्केरी आमा र शिशुको पोषण सुधार गर्नको लागी विभिन्न कार्यक्रम गरेको छ । वडाको आर्थिक सहयोगमा आधारभुत स्वास्थ्य सेवा केन्द्र दुविचौरको आयोजनामा वडाका १ वर्ष मुनिका सुत्केरी आमा र बच्चाको पोषण सुधार गर्ने उदेश्यले उक्त वडा अन्तरगतका ७ वटा आमा समुहहरूमा सुत्केरी आमाहरूका लागि पोषण तथा सरसफाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो ।

यहि असार १८ देखि २४ गते संचालन गरिएको कार्यक्रममा ७ वटा समूह अन्तरगतका ९८ जना १ वर्ष मुनिका बच्चा र आमाहरूलाई पोषण तथा सरसफाई सुधारका लागि प्रति सुत्केरी आमालाई १ क्यारेट अण्डा र नेलकटर वितरण गरिएको स्वास्थ्य सेवा केन्द्रले जनाएको छ । सुत्केरी आमाहरुले यस्तो बेला पोषीलो खाना र सरसफाईमा ध्यान दिनु पर्ने भएकाले उनीहरुलाई सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार