• २०७७ मङ्सिर ११ गते बिहिवार

बबई र राप्ती नदिमा २ जना मृत अवस्थामा भेटिए

Author Logo..
२०७७ असार २८ गते आइतवार

सांकेतिक तस्बिर


दाङ : दाङमा २ जना ब्यक्ति नदिमा मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १२ का ६५ बर्षीय कालिचरण चौधरी आइतवार दिउँसो पौने २ बजे तिर तुलसीपुर ११ बबई नदिको किनारामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चौधरी असार २६ गते साँझ ६ बजेतिर तुलसीपुर १५ गोठुवामा आफ्नै खेतमा रोपाई गरी घर फिर्ता भएको भएता पनि ब्यपत्ता भएका थिए । उनी घर नआएपछि उनका आफ्न्तले खोज तलास गर्दै जादाँ बबई नदिको किनारामा मृत अवस्थामा भेटिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथै घटनाको बारेमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । त्यसैगरी राप्ती नदिमा एक युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो साढे २ बजे प्युठानको मल्लरानी गाउँपालिका ५ बेलडाँडाका २७ बर्षीय दिपक थापा झिमरुकु खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।

थापाको शब आइतवार दिउँसो सवा २ बजे दाङ गढवा गाउँपालिका २ महदेवा स्थित राप्ती नदिको महदेवाको पक्कीपुल मुनि पानीमा तैरिरहेको अबस्थामा फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए । उक्त घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय दाङमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार