दाङमा प्रहरीलाई मुद्धा मिलाई दिन भन्दै घुस दिन खोज्ने २ जना पक्राउ

अनलाइन राप्ती | 5:27 PM


दाङ : दाङमा प्रहरी कार्यालय भित्रै पुगेर प्रहरीलाई लागु औषध मुद्धा मिलाई दिन भन्दै घुस रकम दिन खोज्ने २ जना पक्राउ परेका छन् । लागु औषध ब्राउन सुगर मुद्धामा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्धा मिलाई दिन भन्दै १ लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको लागु औषध मुद्धा मिलाई दिन भन्दै जवरजस्ती रकम दिन खोज्ने घोराही १८ सुपैलाखुटीका २७ बर्षिय गोविन्द शाह र प्युठान स्वर्गद्धारी नगरपालिका ५ भिंग्री घर भई हाल लमही नगरपालिका ५ लमही बजार बस्ने ३० बर्षिय समिर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एंव डिएपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्