• २०७७ फाल्गुन १९ गते बुधवार

कृषि क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्ने गरी कार्यक्रमहरु अघि सार्नुपर्छ : शर्मा

Author Logo..
अनलाइन राप्ती २०७७ असार २८ गते आइतवार

बाँके : प्रदेश ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले कृषि क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्ने गरी कार्यक्रमहरु अघि सार्न सुझाव दिए । सार्वजनिक लेखा समितिले बाँकेको खजुरामा कृषि सम्बद्घ कार्यालय प्रमुखसंगको छलफलमा उनले यस्तो सुझाव दिए । कोभडि १९ का कारण धेरैले रोजगारी गुमाउनु परेको भन्दै उनले बेरोजगार जनशक्तिलाई रोजगारी दिन युवा पुस्तालाई कृषिमा आकर्षित गर्नु पर्ने बताए । उनले किसानले गर्ने पेशालाई सम्मानित पेशाको दर्जा जहिले सम्म दिदैनौ, तब सम्म युवा पुस्तालाई आकर्षण गर्न नसकिने समेत बताए ।

त्यसैगरी त्यहीँ भएर युवाको भावना बुझेर कार्यक्रम बनाउन जरुरी रहेको बताए । छलफलमा प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना भाइरसका कारण कृषि क्षेत्रमा नयाँ अवसर सृजना गरेको र कृषि बाटै रोजगारी सुनिश्चित गरिने बताए । ‘कृषिलाई प्राथमिकता राखेर योजना बनाएका छौ,’उनले भनिन्,‘ कृषिबाटै रोजगारीका अवसर सृजना गर्न सकिन्छ । ’ कृषि क्षेत्रमा सञ्चालन गरिने तालिमलाई प्रयोगात्मक बनाइने प्रतिवद्धता व्यक्त गरिन् ।

तालिम शिर्षकमा धेरै बजेट खर्च हुने गरेपनि तालिमको सदुपयोग कमै हुने गरेको प्रश्न सार्वजनिक लेखा समितिले गरेको राखेको छलफलमा उठेको थियो । जवाफमा मन्त्री पौडेलले किसानलाई ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक बिषय राखेर तालिम दिइने बताईन् । कृषि क्षेत्रमा बीउ बिजनको परनिर्भरता हटाउनेगरी स्थानीय बीउ बिजन र त्यसको भण्डारण सिपको अध्ययन गर्ने, परिक्षणको दायरा फराकिलो बनाउन सार्वजनिक लेखा समितिका सभापति माननीय सांसद डिल्ली चौधरीले निर्देशन दिए ।

‘ पहिला हाम्रो गाउँ ठाउँबाट स्थानीय बिउहरु बिदेश जान्थ्यो,’ उनले भने,‘ तर, अहिले सबै भारतबाट आएको बिउमा परनिर्भर हुनुपर्ने बाध्यता छ । बिउको उपयोग गर्ने क्षमता कसरी बढाउन सकिन्छ । यसबारेमा अध्ययन गरेर किसान माझ उपायको बारेमा जानकारी गराउन पर्यो ।’ सार्वजनिक लेखा समितिले सरकारले कृषि क्षेत्रबाट रोजगारी सुनिश्चित गर्ने उदेश्य राखेको र त्यो उदेश्य पूरा गर्ने दिशामा कृषि कार्यालयको योजना के कस्तो छ ? चालू आर्थिक बर्षमा कति रकम खर्च भयो रु कति हुन सकेन भन्ने बारेमा जानकारी लिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार