• २०७७ फाल्गुन १८ गते मङ्गलवार

बलिउड अभिनेता अमिताभ छोरा अभिषेकमा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार २८ गते आइतवार

एजेन्सी

विश्व :बलिउड अभिनेता अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।शनिबार साँझ कोरोना परीक्षण गर्दा अमिताभलाई कोरोना देखिएपछि अभिषेकको पनि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।अभिषेकले ट्वीट मार्फत आफूलाई कोरोना देखिएपछि अस्पताल भर्ना भएको लेखेका छन् ।

अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् । आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् ।

उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआत्तिन अपिल पनि गरेका छन् । अमिताभ बच्चनले आफ्नो आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ भएको लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएको भारतीय संचारमाध्यमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार